Logo

खेलकुद

नेपाल र केन्याबीचको अन्तिम तथा निर्णायक टी–२० खेल आज



काठमाडौं । नेपाल र केन्याबीचको अन्तिम तथा निर्णायक टी–२० खेल आज (मंगलबार) हुँदैछ । यसअघिका चार खेलमध्ये दुवैले दुई/दुई खेल जितेकोले आजको खेल शृंखलाको निर्णायक हुनेछ ।

आजको खेल जित्नेले शृंखला जित्नेछ । खेल केन्याकाे नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

चौथो खेलमा नेपालसामू शृंखला जित्ने अवसर भए पनि १०२ रनको लक्ष्यसमेत पूरा गर्न नसक्दा ७ रनले पराजित भएको थियो । पहिलो र तेस्रो खेल नेपालले जित्दा केन्याले दोस्रो र चौथो खेल जितेको थियो ।

अब अन्तिम खेल जित्दै शृंखला जितेमा नेपाल आईसीसीको वरीयतामा यथावत रहनेछ । पराजित भएमा रेटिङ अंङ्क घट्नेछ र वरीयतामा अझ पछि पर्नेछ । त्यसैले अन्तिम खेल नेपालका लागि महत्वपूर्ण छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार १०:५३   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।