काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले उम्मेदवारहरुको नाम सिफारिस गर्दा कुनै पनि प्रकारको रकम माग गर्ने वा उठाउने काम नगर्न तल्ला निकायलाई निर्देशन दिएको छ। सोमबार कांग्रेस मुख्यसचिव कृष्ण पौडेले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र प्रदेश सभा क्षेत्रीय कार्यसमितिलाई निर्देशन दिएका हुन् ।
कांग्रेसको विधान २०१७ (संशोधन) सहित नेपाली कांग्रेसको नियमावली २०७६ को व्यवस्था बमोजिम पार्टीको क्रियाशील सदस्य तथा लाभको पदमा रहेका पार्टीका पार्टीलाई बुझाउनु पर्ने लेबी बाहेक अन्य कुनै प्रकारको रकम नउठाउन निर्देशन दिएको हो ।
आशन्न निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्दा नगद रकम माग गरिएको जानकारी प्राप्त भएकोले त्यसमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको र विधानविपरीत त्यस्तो कार्य नगर्न/गराउन निर्देशन दिएको कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।





















प्रतिक्रिया