काठमाडौं । आफूविरुद्ध लागेको महाअभियोगबारे बयान दिन निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा सिंहदरबार पुगेका छन् । उनीसँग महाअभियोग सिफारिस समितिले आज (बुधबार) बयान लिँदैछ ।
उनलाई संघीय संसदका महासचिवको कार्यकक्ष नजिकको कक्षमा राखिएको छ । समितिको बैठक अब केहीबेरमा सुरु हुँदैछ । गत फागुन १ गते सत्तारुढ सांसदहरुले महाअभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए ।
बुधबार बयान लिने भएपछि समितिले यसअघि नै प्रमाणहरू संकलन गरेको छ । सार्वजनिक सूचना जारी गरी प्रमाण माग गरेपछि समितिलाई नेपाल बार एशोसिएसनले मात्रै ३४ वटा प्रमाण बुझाइसकेको छ । समिति सचिवालयका अनुसार विभिन्न व्यक्ति र संस्था गरी १० ठाउँबाट प्रमाणहरू प्राप्त भएका छन् ।




















प्रतिक्रिया