Logo

प्रमुख समाचार

चितवन–२ मा पनि राज्यमन्त्री श्रेष्ठको दावी



चितवन । राज्यमन्त्रीसमेत रहेका कांग्रेस नेता उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नं. २ मा प्रत्यक्षबाट उम्मेदवार बन्ने आकांक्षा राखेर पार्टीमा आवेदन दर्ता गराएका छन् । मंगलबार चितवन १ मा नाम दर्ता गराएका श्रेष्ठले बुधबार दिउँसो क्षेत्र नं. २ मा नाम दर्ता गराएको कांग्रेस क्षेत्रीय सभापति भरत लामिछानेले जानकारी दिए ।

राज्यमन्त्री श्रेष्ठले आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट लड्ने चाहना व्यक्त गर्दै आएका थिए । दुई पटकसम्म समानुपातिकतर्फबाट सांसद बनिसकेका श्रेष्ठ यसपालि प्रत्यक्ष निर्वाचित सांसद बन्न खोजेका हुन् ।

जिल्ला पार्टी सभापति राजेश्वर खनालले एक व्यक्तिले एक निर्वाचन क्षेत्रको प्रत्यक्ष वा समानुपातिककमा मात्रै नाम दर्ता गर्न गराउन एक सर्कुलर जारी गरेका थिए । तर, श्रेष्ठले यो विधान विपरीत भएको भन्दै चितवन–२ बाट पनि प्रत्यक्षमा नाम दर्ता गराएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार १५:३३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।