Logo

राजनीति

गगनले काठमाडौं-४ बाट उम्‍मेदवार बन्‍न दिए आवेदन



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले काठमाडौंको निर्वाचन क्षेत्र नं. ४ मा पुन: प्रत्यक्षबाट उम्मेदवार बन्न आवेदन दर्ता गराएका छन् ।

बुधबार उनले काठमाडौंको निर्वाचन क्षेत्र-४ मा उम्‍मेदवार  बन्‍न आवेदन दिएका हुन् । यसअघि पार्टीले उनलाई कास्कीको निर्वाचन क्षेत्र १ बाट आग्रह गरेको थियो ।

थापा २०७० र २०७४ सालमा काठमाडौं–४ बाट निर्वाचित भएका हुन् । आउँदाे ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । 

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार १५:४९   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।