Logo

खेलकुद

लिग वानमा पिएसजीको सहज जित, नेयमार र एम्बाप्पेको लय कायमै



एजेन्सी । फ्रेन्च लिग वानअन्तर्गत गएरातिको खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ । ऊ घरेलु टोली टुलुजविरुद्ध ३–० ले विजयी भएको हो ।

स्टेडियम डी टुलुजमा पिएसजीलाई जित दिलाउन नेयमार, केलियन एम्बाप्पे र जुआन बर्नाटले एक/एक गोल गरे । खेलको ३०औं मिनेटमा नेयमारको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । 

५०औं मिनेटमा एम्बाप्पेले टोलीको अग्रता दोबार बनाए । ९०औं मिनेटमा बर्नाटले गोल गरेपछि  पिएसजीले ३–० को सहज जित निकाल्यो ।

यो जितसँगै ५ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा रहँदा पराजित टुलुज समाज खेलबाट ५ अंकका साथ १३ औं स्थानमा छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार ०७:४४   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।