Logo

राजनीति

महाअभियोग प्रकरण : दाेस्राे दिन समितिमा जबराको बयान सुरु



काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको दोस्रो दिनको बयान सुरु भएको छ । महाअभियोग सिफारिस समितिको बैठकमा जबराको बयान सुरु भएको हो ।

समितिले बुधबार पनि उनीसँग बयान लिएको थियो । बुधबार उनले आफूमाथि लागेका आरोपको जवाफ दिने क्रममा अन्य न्यायाधीश र राजनीतिक दलका नेताहरुमाथि पनि विभिन्न आक्षेप लगाएका थिए ।

समितिका जेष्ठ सदस्य राम बहादुर विस्टका अनुसार हिजो ४ प्रश्नको वरिपरि बयान लिइएको थियो । बाँकी आज सोधिने उनले बताए ।

जबराविरुद्ध संविधान–कानूनको गम्भीर उल्लंघन र गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको, कार्यक्षमताको अभाव र खराब आचरण तथा इमानदारीपूर्वक जिम्मेवारी पूरा नगरेको र भाग खोजेको जस्ता आरोप लागेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार १२:००   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।