Logo

प्रमुख समाचार

विश्वप्रकाश शर्मा झापा १ बाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।

क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बिहीबार बसेको बैठकले शर्माको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

शर्मा २०७४ को चुनावमा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए । यस पटक कांग्रेस माओवादी केन्द्र एउटै गठबन्धनमा छन् । सिट बाँडफाटको विषयमा भने टुंगिएको छ्रैन ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार १३:०७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।