Logo

प्रमुख समाचार

नेपालमा शान्ति र दिगो विकास नचाहने शक्ति केन्द्रहरु सलबलाए : महासचिव गुरुङ



लमजुङ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेपालमा शान्ति र दिगो विकास नचाहने शक्ति केन्द्रहरु सलबलाएको बताएका छन् । लमजुङको मध्यनेपालमा आयोजित एक कार्यक्रममा उनले मुलुक इष्ट इण्डिया कम्पनी र नेपालबीचको युद्धपछिकै ठूलो संकटमा रहेको बताए ।

महासचिव गुरुङले अहिलेको संकट समाधानका लागि सबै दलहरु एकजुट हुनुपर्ने आवश्यकता औंल्याए । राष्ट्र र राष्ट्रियता रहेमात्र राजनीति गर्ने अवस्था आउने भन्दै गुरुङले पहिला राष्ट्र जोगाउन सबै राष्ट्रवादी शक्तिहरु एकजुट हुन आवश्यक रहेको बताए ।

अहिलेको अवस्थामा सर्वदलीय सरकार निर्माण गरेर भएपनि समाधान खोजिनुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार १३:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।