Logo

राजनीति

महाअभियोग प्रकरण : समितिले जबरासँग आइतबार पनि बयान लिने



काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग संसदको महाभियोग सिफारिस समितिले आइतबार पनि बयान लिने भएको छ । समितिले बुधबारबाट जबरासँग बयान लिन सुरू गरेको हो ।

बुधबार समितिका सबै प्रश्न सोध्न समय नभएपछि उनलाई बिहीवार पनि बोलाइएको थियो । बिहीबारको बैठकमा पनि जबरासँगको बयान नसकिएपछि समितिले उनलाई आइतबारका लागि बोलाएको हो ।

यसअघि बुधबारको बयानमा चोलेन्द्रशमशेरले आफूमाथि लागेका आरोपहरूमा जवाफ दिनुको साटो आफू प्रधानन्यायाधीश हुँदा कसले किन आन्दोलन गरे र आफूमाथि किन महाभियोग प्रस्ताव आयो भन्ने कुरा गरेका थिए ।

उनले सर्वोच्च अदालतका पूर्वन्यायाधीश, बहालवाला न्यायाधीश र नेपाल बार एसोसिएसनका पदाधिकारीमाथि विभिन्न आरोप लगाएका छन् । जबराविरुद्ध संविधान–कानूनको गम्भीर उल्लंघन र गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको, कार्यक्षमताको अभाव र खराब आचरण तथा इमानदारीपूर्वक जिम्मेवारी पूरा नगरेको र भाग खोजेको जस्ता आरोप छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार १४:०१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।