Logo

प्रमुख समाचार

थुनामा रहेका अफताव आलम रौतहट– २ बाट कांग्रेसको उम्मेदवार



काठमाडौं । नेपाली कांग्रेसले रौतहट– २ बाट प्रतिनिधि सभाको उम्मेदवारमा मोहम्मद अफताव आलमलाई सिफारिस गरेको छ । जिउँदै मान्छेलाई इँटा भट्टामा हालेको आरोपमा उनी अहिले पनि थुनामा छन् ।

थनामा रहेका उनलाई कांग्रेस रौतहट क्षेत्र नम्बर –२ समितिले प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस गरेको हो । आलम यसअघि रौतहट २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । तर बम विस्फोटमा संलग्न रहेको र घाइतेलाई जिउँदै इँटा भट्टामा हालेको आरोपमा पक्राउ परेपछि निलम्बनमा छन् ।

२०६४ को संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा सरुअठाका २४ वर्षका त्रिलोक प्रताप सिंह र २२ वर्षका ओसी अख्तरको मृत्यु भएको थियो । घटना लुकाउन उनले विस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाइएको आरोप छ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार १६:५३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।