काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कले १७ लाखभन्दा बढी कर तिरेको छ । काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटमपछि आज (बिहीबार) फनपार्क व्यवस्थापनले १७ लाख ३७ हजार मनोरञ्जन कर तिरेको हो ।
फनपार्क सञ्चालनमा आएको समयदेखि गत आर्थिक वर्षसम्मको १७ लाख ३७ हजार मनोरञ्जन कर तिरेको फनपार्कका म्यानेजर बोधराज कट्टेलले बताए । महानगरले बुधबार तोकिएको समयभित्र बक्यौता नतिरे फनपार्क ‘सिल’ गरिदिने चेतावनी दिएको थियो ।




















प्रतिक्रिया