काठमाडौं । पहिलो एकदिवसीयमा घरेलु टोली केन्याले नेपाललाई जितका लागि २ सय १९ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको केन्याले ४८ ओभर १ बलमा अलआउट हुँदै २ सय १८ रन बनायो ।
केन्याका लागि रकिप पटेल र कोलिन्स ओबुया अर्धशतकीय इनिङ खेले । पटेलले ६७ तथा ओबुयाले ६२ रन बनाए । ईफ्रान करिमले ३१ तथा सचिन बुदियाले २७ रन बनाए ।
नेपालका लागि सोमपाल कामी र करण केसीले समान ३/३ विकेट लिए । आदिल आलम र पवन सर्राफले समान १/१ विकेट लिए ।
केन्या भ्रमणमा रहेकाे नेपाली राष्ट्रिय क्रिकेट टिमले यसअघि घरेलु टाेलीसँग टी-२० सिरिज खेलेकाे थियाे । यसकाे उपाधि ३-२ ले नेपालले हात पर्याे ।




















प्रतिक्रिया