एजेन्सी । एसिया कपमा पाकिस्तानले हङकङलाई १ सय ५५ रनले पराजित गरेकाे छ । योसँगै के तय भएको छ भने, दर्शकले यसै प्रतियोगितामा फेरि भारत र पाकिस्तान भिडेको हेर्न पाउने छन् । ४ सेप्टेम्बरमा भारत र पाकिस्तान फेरि आमनेसामने हुनेछन् ।
गएराति सम्पन्न खेलमा पाकिस्तानले २० ओभरमा २ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो । मोहम्मद रिजवानले सबैभन्दा बढी ५७ बलमा ७९ रनको पारी खेले । फखर जमानले ४१ बलमा ५३ रन बनाए र अन्तिम ओभरमा खुशदिल शाहले पनि राम्रो खेले । उनले केवल १५ बलमा ३५ रन बनाए ।
जवाफमा उत्रेको हङकङ ३८ रनमै अलआउट भयो । पाकिस्तानका लागि सबैभन्दा बढी ४ विकेट शादाब खानले लिए भने मोहम्मद नवाजले ३ र नसिम शाहले २ विकेट चट्काए ।
पाकिस्तानका लागि नसिम शाहले शानदार बलिङ गरे । पहिलो ओभरमै उनले २ विकेट लिएका थिए । उनले पहिले हङकङका कप्तान निजाकत खानलाई आसिफ अलीको हातबाट क्याच आउट गराए । फेरि बाबर हयातलाई क्लिन बोल्ड गरिदिए । नसिमपछि तीव्र बलर शाहनवाज दहानी चम्किए । उनले पनि तुरुन्तै यासिम मुर्तजालाई खुशदिल शाहको हातमा क्याच आउट गराई पभेलियन पठाइदिए ।
हङकङको चौथो विकेट शादाब खानले लिए । उनले ६ बलमा १ रन बनाएर खेलिरहेका एजाज खानलाई क्लिन बोल्ड गरिदिए । पाँचौँ र छैठौँ विकेट मोहम्मद नवाजले लिए । उनले किनचित शाह र स्कट मेककेनीलाई आफ्नो शिकार बनाए । हङकङका लागि एहसान खानले शानदार बलिङ गर्दै ४ ओभरमा २८ रन बनाए भने २ विकेट आफ्नो नाममा पारे ।




















प्रतिक्रिया