Logo

प्रमुख समाचार

आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन : नुवाकोटबाट कांग्रेसका १२७ उम्मेदवार सिफारिस



नुवाकोट । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेसबाट एक सय २७ उम्मेदवार सिफारिस भएका छन् । दुई निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभातर्फ १४ र चार निर्वाचन क्षेत्र रहेको प्रदेशसभा सदस्यतर्फ ११३ जनालाई (प्रत्यक्ष र समानुपातिक) उम्मेदवार सिफारिस गरिएको हो ।

क्षेत्रीय सभापति धुव्र श्रेष्ठका अनुसार क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत र केन्द्रीय सदस्य डा रामशरण महतलाई सिफारिस गरिएको छ । प्रत्यक्षमा समेत नाम समावेश भएका डा रामशरणणलाई समानुपातिकतर्फ १ नं मा सिफारिस गरिएको छ । अन्य उम्मेदवारमा डा केदारनरसिंह केसी, कल्पना नेपाली, कृष्णबहादुर लामा, प्रकाश गोतामे र सीता मिजार छन् ।

यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस गरिएको छ । जसमा केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङ सहित राज्यलक्ष्मी पाँडे र लालीमाया तामाङ छन् । केन्द्रीय सदस्य अजुर्ननरसिंह केसीलाई समानुपातिकतर्फ सिफारिस गरिएको छ । केसीसहित धुव्रप्रसाद अधिकारी र रुक्मिणी सेढाइँलाई समानुपातिकतर्फ सिफारिस गरिएको छ ।

यसैगरी, प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं १ (क) बाट प्रत्यक्षतर्फ निवर्तमान सभापति जगदिश्वरनरसिंह केसी, महेन्द्र थिङलगायत १३ जनालाई सिफारिस गरिएको छ । समानुपातिकतर्फ रमेशकुमार महत, डा केदारनरसिंह केसीसहित ३० जनालाई सिफारिस गरिएको छ । यसैगरी ‘ख’बाट प्रत्यक्षतर्फ रमेशकुमार महत, जगदिश्वरनरसिंह केसी, अर्जुनप्रसाद न्यौपाने, वैकुण्ठ मिश्रसहित आठ जनाको नाम सिफारिस गरिएको प्रदेश सभापति रामजी पौडेलले जानकारी दिए । समानुपातिकतर्फ पौडेलसहित १५ जनाको नाम सिफारिस गरिएको छ ।

यस्तै, निर्वाचन क्षेत्र नं २ (क) बाट पनि प्रत्यक्षतर्फ जगदिश्वरनरसिंह केसी सिफासिरमा परेका छन् भने रमेशकुमार महतसहित २१ जनाको नाम सिफारिस गरिएको प्रदेश सभापति वैकुण्ठ पाण्डेले जानकारी दिए । उनका अनुसार समानुपातिकतर्फ जिल्ला सचिव श्रीराम श्रेष्ठसहित १७ जनाको नाम सिफारिस गरिएको छ । प्रदेशसभा ‘ख’ बाट प्रत्यक्षतर्फ जगतबहादुर तामाङ, फैसिङ तामाङ र राजकुमार भट्टराईलाई सिफारिस गरिएको छ भने समानुपातिकतर्फ चोकराज शाक्य, सुरेन्द्रराज अधिकारीसहित ११ जनाको नाम सिफारिस गरिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार ११:२७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।