काठमाडौं । घरेलु टोली केन्याविरुद्धको दोस्रो एकदिवसीयमा नेपालले सुरुआतमा ब्याटिङ गर्दै छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो। नेपालले ब्याटिङ रोजेपछि केन्याले सुरुआतमा फिल्डिङ गर्दै छ ।
केन्याविरुद्धको दोस्रो खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । पहिलो खेलमा शतक बनाएका आसिफ शेखलाई आराम दिइएको छ । उनको स्थानमा देव खनालले सुरुआती–११ मा स्थान बनाएका छन् ।
आज नेपाल जित निकाल्दै एकदिवसीय सिरिज एक खेल अगाबै जित्ने योजनामा रहेको छ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो ।
नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३÷२ ले जितेको थियो । यता, केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा बराबरी गर्न चाहन्छ । नेपालले घरेलु टोलीविरुद्धको तेस्रो एकदिवसीय खेल सोमबार खेल्नेछ ।
केन्या र नेपालबीचकाे जारी खेल हेर्न यहाँ क्लिक गर्नुहाेस्




















प्रतिक्रिया