Logo

बैंकिङ

८ बैंकमा राष्ट्र बैंकको निरीक्षण, सरकारी बैंक समेत कारवाहीमा 



नेपाल राष्ट्र बैंकले ८ वटा वाणिज्य बैंकहरुको स्थलगत निरीक्षण गरेको छ । राष्ट्र बैंकले नेपाल बंगालदेश बैंक, सिद्दार्थ बैंक, प्राइम बैंक, मेगा बैंक, सिभिल बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, सेन्चुरी कमर्शियल बैंक र ग्लोबल आईएमई बैंकको स्थलगत निरीक्षण गरेको हो ।

राष्ट्र बैंकले यसरी निरीक्षण गरेका आठवटा बैंक मध्ये ५ वटा बैंक कारवाहीमा परेका छन् । यसरी कारवाही व्यहोर्ने बैंकमा सरकारी वित्तीय संस्था राष्ट्रिय वाणिज्य बैंक समेत रहेको छ । कोरोनाको कारण रोकिएको स्थलगत निरीक्षणलाई राष्ट्र बैंकले सक्रियता दिएसँगै बाणिज्य बैंकहरु आतंकित हुने अवस्था समेत आएको छ । 

संचालन जोखिम, कर्जा प्रवाहको तौर तरिका, संचालकको हस्तक्षेप, व्यवस्थापन र संचालकबीचको सम्बन्ध, कर्मचारीहरुको काम गर्ने शैली जस्ता बिषयहरुलाई केन्द्रमा राखेर राष्ट्र बैंकले स्थलगत निरीक्षण गर्ने गरेको छ । 

राष्ट्र बैंकले स्थगलगत निरीक्षण गर्दा मापदण्डमा सञ्चालन नभएका स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, सिभिल बैंक लाई कारबाही गरेको हो । 

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार १९:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।