साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । दिनभर रातो देखिएको नेप्से परिसूचक कारोबार समयको अन्त्यमा आएर सामान्य सुुधार आएको हो । आज नेप्से परिसूचक १ दशमलव ७४ अंकले बढेर १ हजार ५ सय ७८ दशमलव ०१ बिन्दूमा रोकिएको छ ।
यो दिन कारोबारमा आएका १८९ कम्पनीको ६८ लाख १५ हजार ७ सय १० कित्ता सेयर खरिदबिक्रि हुँदा १ अर्ब ९४ करोड ९० लाख ६० हजार १ सय ९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो दिन मुक्तिनाथ विकाश बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । लगानीकर्ताले ९ दशमल ८५ प्रतिशतले आफ्नो बढाएका छन् ।
आज १२ समूहका बैकिङ, विकास बैंक, होटल र माइक्रोफाइनान्स बाहेक सबै उपसूचक घटेका छन् ।




















प्रतिक्रिया