काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री मनोजमणि आचार्य रोल्पा प्रदेश सभा (क)बाट उम्मेदवारमा सिफारिस भएका छन् । शुक्रबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले मनोजमणि आचार्यसहित मानबहादुर खत्री, दुर्गाबहादुर खड्का, चन्द्र प्रकाश आचार्य, भिमकला बुढाथोकी, पुष्पा श्रेष्ठ र नुर्ज बहादुर खड्का गरी सातजना सिफारिस भएका छन् ।
यस्तै, प्रदेश सभा (ख) प्रत्यक्षमा अमरसिंह पुनको एकल नाम सिफारिस भएको छ । प्रतिनिधिसभाको प्रत्यक्षमा पनि अमरसिंह पुनकाे नाम छ । त्यसैगरी टेकबहादुर बस्नेत र शब्कबहादुर छन्त्याल सिफारिस भएका छन् । समानुपातिक तर्फ सुरेन्द्र हमाल र भिमकुमारी बुढामगरको नाम सिफारिस गरिएको छ ।




















प्रतिक्रिया