चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् ।
आइतबार बसेको सो पार्टीको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समिति बैठकले प्रचण्डलाई एकमतद्वारा उम्मेदवार सिफारिस गरेकाे हाे ।
प्रचण्ड यसअघि २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनको नाम यसअघि गोरखा १ बाट पनि सिफारिस भएको छ । यद्यपि प्रचण्डले आफू चितवन ३ बाटै चुनाव लड्ने स्पष्ट गरिसकेका छन् ।




















प्रतिक्रिया