Logo

प्रमुख समाचार

चितवन–३ बाट सर्वसहमतिमा प्रचण्डको नाम सिफारिस



चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् ।

आइतबार बसेको सो पार्टीको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समिति बैठकले प्रचण्डलाई एकमतद्वारा उम्मेदवार सिफारिस गरेकाे हाे ।

प्रचण्ड यसअघि २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनको नाम यसअघि गोरखा १ बाट पनि सिफारिस भएको छ । यद्यपि प्रचण्डले आफू चितवन ३ बाटै चुनाव लड्ने स्पष्ट गरिसकेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आईतवार १९:२३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।