Logo

मनोरञ्जन

झिंगे दाउ हेर्न चितवन पुगेकी आँचल शर्मालाई जब दर्शकले घेराहाले…



काठमाडौं । आँचल शर्मासहितको अभियनय रहेको चलचित्र झिंगे दाउ प्रदर्शनरत छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको झिंगे दाउकी नायिका आँचल शर्मा सोमबार चितवनका हलमा पुगेकी छन् । 

चितवनका जलमा र इन्द्रदेव हलमा पुग्दा नायिका आँचललाई दर्शकले घेरा हालेका थिए । उनीसँग तस्बिर खिचाउन दर्शकको तँछाडमछाड नै चलेको थियो । 

चितवनका दुवै हलमा झिंगे दाउको शो हाउस फुल भएको नायिका आँचलले जानकारी दिइन् । दर्शकको सकारात्मक प्रतिक्रिया पाएको जानकारी दिएकी उनले दर्शकको माया र सद्भावले नतमस्तक भएको प्रक्रिया दिइन् । हलमा नायिका आँचललाई देखेपछि दर्शकले सेल्फी लिन घेरा हालेका थिए । उनीसँग तस्बिर लिन वृद्धदेखि बालकसम्म झुम्मिएका थिए । 

ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र झिंगे दाउमा आँचलसहित केकी अधिकारी, मुकुन भुसााललगायत कलाकारको अभिनय छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार १७:४२   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।