Logo

प्रमुख समाचार

कांग्रेसलाई मेटमणिको चुनौती : क्षमता भए एक्लै लडे भयो नि त !



नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता मेटमणि चौधरीले सत्ता गठबन्धनमा सिट बाँडफाँडमा नेपाली कांग्रेसले १०० सिट नमाग्ने दाबी गरेका छन् ।

उनले कांग्रेससँग एक्लै लड्ने क्षमता भए लडे भयो त भन्दै चूनौति दिए । उनले कांग्रेसले १०० सिटमा दाबी नगर्ने स्पष्ट पारे । उनले ठूलो दलको नाताले आगामी निर्वाचनपछि कांग्रेसबाट नै प्रधानमन्त्री हुनसक्ने सुनाए । तर, राजनीतिमा हरेक सम्भावना रहेको भन्दै माधव नेपाल पनि प्रधानमन्त्री बन्नसक्ने उनको दाबी थियो ।

उनले पाँच दलीय गठबन्धनमा सहमति कायम गरेर नै प्रधानमन्त्री बनाईने स्पष्ट पारे ।

उनले भने, ‘अब जसको नाममा सहमति हुन्छ, उहाँ नै प्रधानमन्त्री बन्नुहुन्छ ।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नबन्ने ठोकुवा गरे । उनले एमालेले आगामी निर्वाचनमा अस्तित्व रक्षाको लागि संघर्षरत रहेको टिप्पणी गरे । उनले भने,‘अबको निर्वाचनमा एमालेले दुई÷चार ठाउँ चुनाव जित्यो भने यो नै सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।’

उनले एमालेले समानुपातिकतर्फ मत ल्याएपनि प्रत्यक्षतर्फ एक सिट पनि नजित्ने दाबी गरे । उनले यो निर्वाचनमा एमालेसँग सहकार्य नहुने पनि स्पष्ट पारे । तर, चुनावपछि सहकार्य हुँदैन भनेर भन्न नसकिने उनको भनाई छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार २०:०४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।