जापान र भुटान सरकारले कोभ्याक्स अन्तर्गत अनुदान सहयोगमा पठाएको कोरोना विरुद्धको अस्ट्राजेनिका खोप सोमबारबाट वितरण गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार पहिलो मात्रामा कोभिशिल्ड खोप लगाएर दोस्रो मात्राको खोपको पर्खाइमा रहेका १४ लाख जना नागरिकलाई यो खोप दिन लागिएको हो ।
यो खोप ६५ वर्ष र सोभन्दा माथि उमेर समूहका नागरिकहरुलाई लगाइने छ । मन्त्रालयले जनाए अनुसार सोमबारदेखि सबै प्रदेशमा खोप अभियानको रुपमा सञ्चालन गरिनेछ । कोभिशिल्ड खोप पहिलो मात्रा लगाएर दोस्रो मात्राको प्रतिक्षामा रहेकालाई अस्ट्राजेनिका खोपको दोस्रो मात्रा दिने तयारी मन्त्रालयको छ ।
भुटान र जापान सरकारबाट कोभ्याक्स सुविधामार्फत् प्राप्त गरेको अस्ट्राजेनिका खोप वैदेशिक रोजगारीका शिलशिलामा विभिन्न देशमा जानेहरूलाई पनि लगाइने भएको छ । नेपालमा कोरोना महामारी विरुद्ध लड्न भुटान सरकारले २ लाख ३० हजार र जपान सरकारले १६ लाख अस्ट्राजेनिका खोप सहयोग गरेका छन् ।




















प्रतिक्रिया