काठमाडौं । नेपाली कांग्रेसका महमन्त्री गगनकुमार थापाको निर्वाचन क्षेत्र काठमाडौं ४ बाट नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारमा तीन जनाको नाम सिफारिस गरेको छ ।
माओवादी केन्द्र काठमाडौं क्षेत्र नं. ४ निर्वाचन समन्वय समितिले प्रतिनिधिसभातर्फ बिदुर खड्का, कुमार बोगटी र अमर विकको नाम सिफारिस गरेको हो। प्रतिनिधिसभा समानुपातिकमा गोविन्दबहादुर बटाला, सुरेश कर्माचार्य र नवराज न्यौपानेको नाम सिफारिस भएको छ ।
यस्तै, प्रदेशसभा ‘क’ का लागि रविन गुरूङ, विजयदेव भट्टराई र रामेश्वरजंग केसी सिफारिस भएका छन् । ‘ख’तर्फ राज प्याकुरेल, माधव आचार्य, पुरूषोत्तम कोइराला सिफरिस हुँदा प्रदेशसभा समानुपातिकमा विनोद शाही, राधा भट्टराई, हेमा अधिकारी, सुवास राई र राजेन्द्र श्रेष्ठ गरी पाँच जनाको नाम सिफारिस भएको छ ।




















प्रतिक्रिया