Logo

स्वास्थ्य

कोरोनाले पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु , मृतकको संख्या ६४५ पुग्यो



देशका विभिन्न जिल्लामा गरी कोरोनाभाइरसबाट थप ९ जनाको मृत्यु भएको छ । मृतकमा २ महिला र ७ पुरुष रहेका छन् । 
स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ३ पुरुषको मृत्यु भएको छ भने काठमाडौंका १ महिला र २ पुरुष गरी ३ जनाको मृत्यु भएको छ।  

यस्तै ललितपुरका १ पुरुष, चितवनकी १ महिला र रुपन्देहीका १ पुरुषको मृत्यु भएको छ ।यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६४५ पुगेको मन्त्रालयले जनाएको छ । 

 

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ४ : ४३ बजे