काठमाडौं । नेपाली फिल्म ‘प्रेमगीत ३’ का विषयमा बलिउड स्टार मनीषा कोइराला र गोविन्दाले ‘कपिल शर्मा शो’मा जाने तयारी गरेका छन् ।
भारतीय चर्चित शो मा ‘प्रेमगीत ३’का तर्फबाट सहभागिता जनाउन गरिएको प्रस्तावमा मनीषा र गोविन्दाले सहमति जनाएको निर्माता सन्तोष सेनले जानकारी दिए ।
शो मा सहभागिताका लागि भारतीय निर्माताले सञ्चालक कपिल शर्मालाई आग्रह गरेका थिए । कपिलले आफ्नो शो मा ‘प्रेमगीत ३’लाई लैजाने नलैजाने भन्ने निर्णय भने दिइसकेका छैनन् ।
सेनले भने, ‘उहाँले सेड्युल मिलाएर निधो दिन्छौं भन्नुभएको छ । यदि सुटिङ भयो भने सेप्टेम्बर १५ तिर हुन्छ।’ सेनसहित ‘प्रेमगीत ३’ टिमले मुम्बईस्थित मनीषा निवासमा यसबारे छलफल गरेका थिए ।
मनीषाले सामाजिक सञ्जालमार्फत यो फिल्मको प्रमोसन गरिरहेकी छन् । प्रदीप खड्का स्टार ‘प्रेमगीत ३’ आगामी असोज ७ गतेबाट नेपाल र भारतका हलमा एक साथ प्रदर्शनमा आउँदै छ । याे फिल्म नेपालमा नेपाली भाषामा र भारतमा हिन्दी भाषामा रिलिज हुनेछ ।





















प्रतिक्रिया