Logo

बैंकिङ

एभरेष्ट बैंकको १०४औं शाखा ललितपुरको भैसेँपाटीमा



एभरेष्ट बैंकले आफ्नो १०४ औं शाखा ललितपुरको भैसेँपाटीमा सञ्चालनमा ल्याएको छ । ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि बैंकले उक्त स्थानमा नयाँ शाखा विस्तार गरी साउन २५ गतेदेखि सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाको उद्घाटन बैंकका सहायक महाप्रबन्धक केशवराज पौडेल, ललितपुरका वडा अध्यक्ष पुरुषोत्तम खड्काले संयुक्त रुपमा गरेका हुन् ।

उक्त उद्घाटन समारोहमा ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष निरुजङ्ग थापा, नेपाल प्रहरीका भैसेँपाटी क्षेत्र इन्चार्ज लोक बहादुर गुरुङ्ग, एभरेष्ट बैंक बाग्मती प्रदेशका प्रादेशिक(प्रबन्धक सन्तोष भट्टराई, बैंकको बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य स्थानीयको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा बैंकले आफ्ना ग्राहकलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेको छ ।

बैंकले १०४ शाखा संजाल प्रादेशिक कार्यालय, १३६ वटा एटीएम मार्फत ग्राहकलाई अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार १९:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।