काठमाडौं । बलात्कारका आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । १७ वर्षीय एक नाबालिकाले सन्दीपविरुद्ध बलात्कार अरोपमा जाहेरी दिएपछि अनुसान्धान थालेको प्रहरीलाई जिल्ला अदालत काठमाडौंले पक्राउ गर्न अनुमति दिएको हो ।
अदालतले पक्राउ पुर्जी जारी गरेसँगै अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ । लामिछाने हाल देश बाहिर छन् । टी–ट्वान्टी र एकदिवसीय सिरिज खेल्न भदौ ६ गते केन्या टिमसहित केन्या उडेका सन्दीप अहिले वेस्ट इन्डिजमा छन् ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहायताका लागि अनुरोध गरेका छन् । उनले सबै खेल लेलिसकेपछि मात्र नेपाल फर्कने पनि क्यानसँग भनेका छन् ।
याे पनि…
सन्दीपले क्यानसँग भने : म निर्दोष छु, कानुनी उपचारमा सहजीकरण गरिदिनुस्




















प्रतिक्रिया