काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश १ र एपीएफ क्लबबीचको खेल रद्द भएको छ । कीर्तिपुरस्थित टियु मैदान वर्षाका कारण खेल्न योग्य नभएपछि खेल रद्द भएको हो । खेल रद्द भएसँगै प्रदेश(१ र एपीएफले एक एक अंक पाएका छन् ।
समूह ‘बी’ मा रहेको एपीएफले २ खेलमा २ अंक जोडेको छ । एपीएफ तेस्रो स्थानमा रहेको छ । प्रदेश १ ले २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
टियुमै आज हुने दोस्रो खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने तालिका छ । यस खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ । यस्तै मुलपानी मैदानमा हुने खेलमा मधेश प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुनेछ । यस खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भइरहेको हो ।




















प्रतिक्रिया