Logo

स्वास्थ्य

उपत्यकामा आजदेखि ‘रात्री निशेधाज्ञा’, ८ बजेपछि के-के चल्छन् ?



सरकारले आजदेखि उपत्याकामा ‘रात्री निशेधाज्ञा’ आदेश जारी गरेको छ । कोरोना संक्रमित र मृतकको समेत संख्या दिनानुदिन बढ्न थालेपछि यसलाई नियन्त्रण गर्न बेलुका ८ बजेदेखि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो ।

गत मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा भदौ ८ गतेसम्म थप गर्दै राति ८ बजेपछि सबै प्रकारका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेको थियो । ८ बजेदेखि सवारीमा रोक लगाउनेभन्दा पनि त्यो समयसम्ममा चाहीं सबैजना गन्तव्यमा पुगीसकौं भन्ने सन्देश दिन खाजिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी कल्पना घिमिरेको भनाइ रहेको छ । 

‘राती ८ बजेसम्ममा सबैजना आ–आफ्नो गन्तव्यमा पुगौं भन्ने हाम्रो आग्रह हो । ८ बजेदेखि यति बजेसम्म यातायातमा रोक भन्ने केही होईन । अत्यावश्यक काम नपरी कोही पनि बाहिर ननिस्कौं भन्ने हो । अत्यावश्यक सवारी साधन सञ्चालनमा कुनै अवरोध हुने छैन ।’ – घिमिरेले भनिन् । 

दोश्रो चरणको कोरोना लहर फैलिएपछि सरकारले गत बैशाख १६ गतेदेखि लागू हुने गरी देशभर निशेधाज्ञा आदेश जारी गरेको थियो । कतिपय ठाउँमा निशेधाज्ञा पूर्ण रुपमा हटाइएको छ भने कतिपय ठाउँमा अझै पनि पूर्ण लकडाउन गरी स्थानीय नाकाहरु सिल समेत गरिएको छ । 

उपत्याकामा विद्यालय, सिनेमाघर, पार्टीप्यालेस लगायतका क्षेत्रहरु बन्द रहे पनि अन्य गतिविधि खुल्ला गरी निशेधाज्ञा जारी थियो । तथापी बिहीबारबाट भने रातमा सवारी आवागमनमा रोक लगाईएको छ ।

 

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार १०:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।