Logo

कर्पोरेट फोकस

आइएमई लाइफले गर्याे २५ लाखकाे घातक रोग दाबी भुक्तानी



आइएमई लाइफ इन्स्योरेन्सले २५ लाख रुपैयाँको घातक रोग दाबी भुक्तानी गरेको छ ।

कम्पनीको प्रदेश नं. ३, हेटौडा शाखा कार्यालयले आइएमई धन सरिता (वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोग को रक्षावरण समेत हुने गरी बीमित हिमाल पौडेललाई रकम भुक्तानी गरको हो ।

बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो । निवेदन प्राप्त भएको १५ दिनभित्र कम्पनीले उक्त दाबी भुक्तानी गरेको थियो ।

कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरु विरुद्ध रक्षावरण हुने बीमालेख योजना ल्याएको छ ।

प्रकाशित मिति : श्रावण २८, २०७८ बिहीबार  ४ : ०२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।