Logo

स्वास्थ्य

उपत्यकामा कडा लकडाउन गर्ने सरकारी चेतावनी, आजदेखि राती ८ बजेपछि हिडडुल समेत गर्न नपाइने



सरकारले उपत्यकामा कडा लकडाउन गर्ने चेतावनी दिएको छ । सर्वसाधारणलाई मास्कमा कडाइ गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो चेतावनी दिएको हो । 

कार्यालयले मास्कको अनुगमनलाई अत्यन्तै कडा समेत बनाएको छ । नेपाल सरकारले व्यक्तिगत रुपमा मास्क लगाउन प्रोत्साहित गर्न देशैभरी ‘तपाइको मास्क खोइ’ भन्ने अभियान चलाएसँगै प्रशासन कार्यालयले मास्कको प्रयोगमा अनुगमन गरेको हो ।

काठमाडौंको मुख्य–मुख्य चोकमा बाटोमा हिड्नेदेखि सार्वजनिक सवारी साधनमा रहेका व्यक्तिहरुले मास्क लगाए, नलगाएको अनुगमन गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा निरन्तर अनुगमन भइरहेको छ ।

मास्कको प्रयोग उचित ढंगले नगर्ने, गुणस्तरको प्रयोग नगर्ने, सकेसम्म प्रयोग नै नगर्ने चलनले जोखिम बढाएको गुनासो आउन थालेपछि अनुगमनमा कडाइ गरिएको प्रशासनले जनाएको छ । अहिले संक्रमणदर बढ्दै गएसँगै आम मानिसले लापरबाही पनि गर्न थालेकाले निषेधाज्ञा थप गर्नुपरेको उपत्यका प्रशासनले जनाएको छ । यसरी लापरबाही बढ्दै गए पुनः कडा निषेधाज्ञामा जान बाध्य हुनेप्रति प्रशासनले सचेत पनि गराएको छ ।

यससँगै काठमाडौंको ३ वटै जिल्लामा आजदेखि ८ बजेपछि अत्यावश्यक सेवा बाहेक सबैलाई हिडडुल तथा आवतजावतमा रोक लगाइएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार १७:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।