Logo

बैंकिङ

प्रभु बैंकको संस्थापक शेयर लिलामीमा, बोलपत्र पेश गर्ने आज अन्तिम दिन



प्रभु बैंकको संस्थापक तर्फको २ लाख २ हजार १८६ कित्ता संस्थापक शेयरमा बोलपत्र पेश गर्ने शुक्रवार अन्तिम दिन रहेको छ । बैंकले साउन १५ गतेदेखि २९ गतेसम्मका लागि प्रतिकित्ता न्यूनतम मूल्य रू. २१० तोकेर उक्त शेयर लिलामीमा ल्याएको हो ।

बोलपत्र पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । यो शेयर खरिदका लागि न्यूनतम १ हजार कित्तादेखि अधिकतम १० ले भाग जाने संख्या वा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र साउन ३१ गते आइतवार विहान १० बजे बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय, नागपोखरी , काठमाडौंमा खोलिने जानकारी समेत बैंकले दिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार ११:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।