नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको मौद्रिक नीति पास भएको छ । आज शुक्रबार बिहान बसेको संचालक समितिको बैठकले मौद्रिक नीतिलाई पास गरेको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अपरान्ह ४ः१५ बजे मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।
राष्ट्र बैंकका स्रोतका अनुसार यो वर्षको मौद्रिक नीतिले कोभिड प्रभावित व्यवसायीलाई दिने सहुलियतलाई निरन्तरता दिने छ भने कर्जा लगानीका प्रावधानमा कडाई गर्नेछ ।
यस पटकको मौद्रिक नीतिमा बिग मर्जरलाई प्रोत्साहन गर्ने जनाइएको छ । तर बिग मर्जरलाई फोर्स मर्जरको रुपमा जाने संकेत गरिएको छैन ।





















प्रतिक्रिया