लघुवित्त वित्तीय संस्थाहरुलाई पनि राष्ट्र बैंकले ऋणपत्र जारी गर्न दिने भएको छ । चालु आर्थिक बर्षको मौद्रिक नीति जारी गर्दै राष्ट्र बैंकले लघुवित्तहरुलाई लाई ऋणपत्र जारी गर्न दिने भएको हो ।
यसअघि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई मात्र ऋणपत्र जारी गर्ने सुविधा रहेकोमा अव लघुवित्त पनि समेटिएको छ । अब लघुवित्त संस्थाहरुले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतबराबर ऋणपत्र जारी गर्न पाउने छन् ।
त्यस्तै काठमाडौं बाहिरका प्रादेशिक वित्तीय संस्थाहरुले काठमाडौंमा सम्पर्क कार्यालय खोल्न पाउने भएका छन् । विद्यमान अवस्थामा अहिले जुन क्षेत्र हो त्यही मात्र कार्यालय खोल्ने व्यवस्था छ ।





















प्रतिक्रिया