Logo

खेलकुद

साफ यू–१७ च्याम्पियनसिपको उपाधि भारतलाई, नेपालको लज्जास्पद हार



काठमाडौं । भारतले श्रीलंकामा भएको साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । कोलम्बोमा बुधबार भएको फाइनलमा नेपाललाई ४–० गोल अन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो ।

भारतलाई जित दिलाउन बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरे । कोलम्बोको रेस कोर्स ग्राउण्डमा खेलको १८ औं मिनेटमा बोबीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । ३० औं मिनेटमा कोरोउ सिंहले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाए ।

खेलको ३९ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । भारतका ड्यानीलाई फउल गरेपछि कप्तान प्रशान्त लक्समले रातो कार्ड पाए । खेलको ६३ औं मिनेटमा कप्तान गुइटेले गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा अमनले गोल गर्दै भारतलाई ४–० को जित दिलाए ।

यस जितसँगै भारतले उपाधि रक्षा गरेको छ । यस्तै भारतले नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिएको छ । नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो ।

प्रकाशित मिति : भाद्र २९, २०७९ बुधबार  ९ : ४० बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।