काठमाडौं । आगामी असोजमा हुने भनिएको नेपाल टी–ट्वान्टी लिगको पहिलो संस्करण सरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार पहिलो संस्करणको प्रतियोगिताको मिति सारिएको जनाएको छ ।

क्यानले आगामी मंसिरसम्मको लागि प्रतियोगिता सारिएको जनाएको छ । यस अघि पहिलो संस्करणको नेपाल टी-ट्वान्टी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने तालिका थियो ।
क्यानले सुरक्षाको कारण देखाउँदै प्रतियोगिता सारेको हो । गृह मन्त्रालयले प्रतियोगिता सार्न पत्र काटेपछि क्यानले प्रतियोगिता सारेको हो ।

पहिलो संस्करणमा काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले खेल्ने छन् ।
प्रतियोगिताका लागि शनिबार र आइबार खेलाडी ड्राफ्ट भएको थियो । जसबाट सहभागी ६ टोलीले खेलाडी अनुबन्ध गरिसकेका छन् ।




















प्रतिक्रिया