काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा मौसमी कुरा उपयुक्त नहुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गरेका छन् ।
प्रतिनिधि सभामा प्रतिपक्ष दलको नेताका रुपमा बोल्दै ओलीले प्रतिपक्षको नेता पहिले बोल्न आफैंले गरेको दाबी बिर्सिएको भन्दै कटाक्ष गरेका हुन् ।
उनले आफूले यसअघि गरेको प्रतिनिधि सभा विघटन संविधानसम्मत नै रहेको जिकिर गरे। उनले प्रतिप्रश्न गरे, ‘अहिले फेरि चुनावमा जाँदैछौं । यो प्रतिगमन हो । परमादेशबाट नक्कली सरकार गठन गर्ने कुरा प्रतिगमन हो ।’ उनले आवश्यताअनुसार चुनाव नगर्नु प्रतिगमन भएको दाबी गरे ।
उनको थप प्रश्न थियो, ‘परामादेश जारी गर्नुपर्छ भन्ने संसद बनाएको सरकार हटाउने, प्रधानमन्त्री हटाउने र बनाउने अधिकार अन्यत्र कतैबाट प्रयोग गर्नुपर्छ भन्ने संविधानमा कहाँ छ ?’




















प्रतिक्रिया