स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर काठमाडौं महानगरपालिकाको मेयरमा भारी मतले निर्वाचित भएका बालेन शाहले एकपछि अर्को गजबको काम गरेर कमाल गरिरहेका छन् । बालेनको चर्चा दिनदिनै झनै बढ्दै गएको छ ।
शाहले जुन रफ्तारमा काम गरिरहेका छन् उनको कामले अरु सबै खबरहरु फिक्का हुने अवस्था देखिएको छ । जुन दिन शाह आफैँ डोजर लिएर कानुन विपरित बनेका अवैध संरचना भत्काउन हिडे त्यसपछि त उनको चर्चा यति धेरै बढ्यो की देशनै शाहमय बन्यो ।
शाहको क्रेज जनस्तरमा कसरी बढिरहेको छ भन्ने सार्वजनिक रुपमै देखिन थालेको छ । केहिदिन अघि भएको इन्द्रजात्रा जहाँ राष्ट्रपति विद्यादेवी भण्डारी देखी सरकारका महत्वपूर्ण मन्त्रीहरुको समेत सहभागीता रहेको थियो तर सहभागीले बालेन, बालेन भन्दै हुटिङ गरिरहेका थिए । शाहको अगाडि राष्ट्रपति र मन्त्रीहरु समेत फिक्का भएका थिए ।
राजनीति प्रति वितृष्णा बढिरहेका बेला समेत शाहको पक्षमा अभूतपूर्व समर्थन देखिएको छ । शाहको पछि यती ठूलो समर्थनको आउनुको कारण उनले गरेको कामनै हो । कानुन विपरित बनेका अवैध संरचना भत्काउने देखी फुटपाथका व्यापार हटाउनेसम्म आइपुग्दा बालेनको पक्षमा अभूतपूर्व समर्थन देखिएको छ । अहिले शाहले हराएको टुकुचा खोलानै पत्ता लगाएका छन् यसबाट त झनै उनको चर्चा चुलिएको छ ।
शाह जुन रफ्तारका साथ काम गरिरहेका छन् त्यसमा महानगरीय प्रहरीले दरिलो साथ दिएको छ । सुरुका केहि दिन शाह आफैँ फिल्डमा उत्रिए पनि अहिले डोजर अभियानको नेतृत्व महानगरीय प्रहरी प्रमुख राजु पाण्डले गरिरहेका छन् । राजु पाण्डेको नेतृत्वको महानगरीय प्रहरीले बालेनको काममा दरिलो साथ दिएको छ ।
नगर प्रहरीको दरिलो साथले शाहको भिजन र एक्सनले मूर्त रुप लिइरहेको छ । बालेनले डोजर अभियान सुरु गर्नु भन्दा केही दिन अघि तत्कालिन महानगरीय प्रहरी प्रमुख धनपती सापकोटालाई किक आउट गरेका थिए । सापकोटाको नगर प्रहरी प्रमुखको जिम्मेवारी खोसिएपछि महानगरको कामको गती बढेको छ ।
विवादास्पद छवीका सापकोटालाई बालनेले किक आउट गरेर उनको ठाउमा राजु पाण्डेलाई जिम्मेवारी दिएपछी महानगरपालिकाको कामले रफ्तार लिएको देखिन्छ । लामो समय देखी काठमाडौं महानगरपालिकाको प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका सापकाटाको कार्यशैली देखी आर्थिक पारदर्शीता सम्मको प्रश्नहरु पनि धेरै उठिरहेका छन् ।
फुटपाथ व्यवसायीसँग हप्ता उठाउने देखी अन्य धेरै गैर कानुनी रुपमा पैसा उठाएर खाने गरेको आरोप नगर प्रहरी माथी लाग्ने गरेका थियो । धनपती नाम जस्तै महानगरको प्रहरी नेतृत्व गरेर सापकोटा नै भएको चर्चा पनि धेरै चल्ने गर्दछ । कतिपयले उनको काठमाडौँमा ७ वटा घर भएको समेत भन्ने गरेका छन् ।
केहिदिन अघि मात्रै महानगरीय प्रहरीहरुलाई निर्देशन दिँदै मेयर शाहले पाप र धर्म सम्झीएर काम गर्न प्रहरीहरुलाई निर्देशन दिएका छन् । विगतमा नगरप्रहरीहरुले के कस्ता सम्म काम गर्ने गरेका थिए भन्ने बुझेर नै शाहले अब त्यस्तो काम नगर्न र पाप धर्मको ख्याल राख्न भनेका थिए ।
सापकोटापछि महानगीय प्रहरी प्रमुख बनेका पाण्डे आफ्नै फिल्डमा उत्रिएर मेयरको भिजन र एक्सनलाई सफल बनाउन लागेका छन् । अहिले बहु चर्चित टुकुचा खोला फेला पार्ने बेलामा प्रहरी प्रमुख पाण्डे आफैँ नजिकै बसेर डोजर चलाउन निर्देशन दिएका थिए ।




















प्रतिक्रिया