Logo

प्रमुख समाचार

महाभियोग सिफारिस समितिको बैठक सिंहदरबारमा सुरु



काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लागेको महाभियोगमाथि थप छलफल गर्न महाअभियोग सिफारिस समितिको बैठक सुरु भएको छ ।

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैठक केहिबेर अघिदेखि सिंहदरबारमा सुरु भएको हो । समितिले शनिबार बिहान जबराको बयानसँगै पुरक प्रश्न सोध्ने कार्य सकेको थियो ।

बैठकले जबरामाथि महाअभियोग लगाउने वा नलगाउने थप निर्णय गर्नेछ । आजै सभामुख अग्नीप्रसाद सापकोटालाई प्रतिवेदन पेश गर्ने समितिको तयारी छ ।

प्रकाशित मिति : आश्विन १, २०७९ शनिबार  ४ : ४९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।