Logo

खेलकुद

ला लिगा : बार्सिलोना शीर्ष स्थानमा उक्लियो



एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई सानदार जित दिलाउनको लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने मेम्फिस डिपाएले एक गोल थपे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा बार्सिलोनाले एक गोल निकाल्यो ।

३४औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । ४१औं मिनेटमा डिपाएले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ४८औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना विजयी हुन सफल भयो ।

यस जितसँगै बार्सिलोनाले रियल म्याड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । अपराजित रहेको बार्सिलोनाको ६ खेलबाट १६ अंक पुगेको छ । एक खेल कम खेलेको रियलको ५ खेलबाट १५ अंक छ । पराजित इल्चे १ अंक जोडेर पुछारमा छ ।

प्रकाशित मिति : आश्विन २, २०७९ आईतबार  ७ : १२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।