Logo

खेलकुद

प्रिमियर लिग : सनको ह्याट्रिकमा टाेटेनहमको फराकिलाे जित



एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिकाे खेलमा टाेटेनहम हाेटस्पुर विजयी भएकाे छ । ऊ घरेलु मैदानमा लेस्टरिसटीविरुद्ध ६-२ ले विजयी भएकाे हाे । टाेटेनहम हटस्पुर स्टेडियममा घरेलु टाेलीलाई जित दिलाउन सन ह्युङ मिनले ह्याट्रिक पूरा गर्दा ह्यरी केन, एरिक डियर र रोड्रीगो बेन्टेन्कुरले १-१ गोल गरे । 

लेस्टरका लागि युरी टिलिम्यान्स र जेम्स म्याडिसनले १-१ गोल फर्काए । खेलको सुरुवाती अग्रता भने पाहुना टाेलीले लिएकाे थियाे । टेलिम्यान्सले पेनाल्टीमार्फत गाेल गर्दै लेस्टरलाई अग्रता दिलाए । लेस्टरकाे त्याे अग्रता लामाे समयसम्म टिक्न भने सकेन । गाेल खाएकाे दुई  मिनेटपछि नै केनले टाेटेनहमलाई १-१ को बराबरीमा ल्याए ।

२१ औं मिनेटमा डियरलले गाेल गर्दै घरेलु टाेलीलाई २-१ ले अघि बढाए । ४१ औं मिनेटमा म्याडिसनले गाेल गरेपछि लेस्टर २-२ को बराबरीमा आयो ।

४७ औं मिनेटमा बेन्टेन्कुरले घरेलु टाेलीलाई ३-२ ले अघि बढाए । ७४, ८४ र ८६ औं मिनेटमा सनले गाेल गर्दै ह्याट्रिक पूरा गरेपछि टाेटेनहमले ६-२ काे फराकिलाे जित निकाल्याे । जितसँगै टाेटेनहम सात खेलमा १७ अंकका साथ दोस्रो स्थानमा उक्लिँदा पराजित लेस्टर समान खेलबाट एक अंकका साथ पुछारमा छ ।

प्रकाशित मिति : आश्विन २, २०७९ आईतबार  ७ : ३२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।