सिभिल बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा ५५ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ५५ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकले गत आवमा ४३ लाख रुपैयाँले मात्रै खुद नाफा बढाउन सकेको हो । बैंकको वितरणयोग्य मुनाफा ४९ करोड ८५ लाख रुपैयाँमात्र रहेको छ । बैंकको चुक्ता पूँजी आठ अर्ब ६४ करोड रहेको छ । बैंकको संचालन मुनाफा अघिल्लो वर्षमा ९० करोड ८८ लाख रुपैयाँ थियो ।
यस्तो नाफा गत वर्ष भने ९० करोड १९ लाखमा सीमित भएको छ । अघिल्लो वर्ष यो बैंकको दुई अर्ब २३ करोड रहेको खुद ब्याज आम्दानी थियो । यस्तो आम्दानी केही घटेर दुई अर्ब २१ करोडमा सीमित भएको छ । बैंकले निक्षेप ५४.११ प्रतिशतले बढ्दा र कर्जा भने ५१.४४ प्रतिशतको बढेको देखिएको छ ।
यो बैंकले ८८ अर्ब ६३ करोड रुपियाँ निक्षेप संकलन गरेर ७९ अर्ब ६ करोड रुपियाँ कर्जा लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि ५.७१ रुपैयाँबाट बढेर ६.४७ रुपियाँमात्र पुगेको छ । बैंकको जगेडा कोषमा एक अर्ब ५० करोड रुपियाँ रहेको छ ।





















प्रतिक्रिया