नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी)ले गत आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब २७ करोड १२ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो बैकको यस्तो नाफा अघिल्लो आवको तुलनामा १४.६८ प्रतिशतले बढेको हो । अघिल्लो आवमा बैंकले १ अर्ब १० करोड ८४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यसको गत आव बैंकको खुद ब्याज आम्दानी भने ०.२७ प्रतिशतले घटेको छ । गत आवमा ३ अर्ब २० करोड १० लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैकले अघिल्लो वर्ष भने यस्तो आम्दानी तीन अर्ब २० करोड ९५ लाख ४९ हजार रुपैयाँ थियो ।
गत आवमा बैंकको नेट फि तथा कमिशन आम्दानी १४.६० प्रतिशत बढेर ६५ करोड १२ लाख ५६ हजार रुपियाँ, सञ्चालन मुनाफा ११.९१ प्रतिशत बढेर एक अर्ब २७ करोड १२ लाख ३३ हजार रुपियाँ रहेको छ । यसको वितरणयोग्य मुनाफा भने जम्मा २.१२ प्रतिशत बढेर ७१ करोड ४७ लाख ५९ हजार रुपैयाँ रहेको छ । यसको कुल सञ्चालन मुनाफा १२.३२ प्रतिशत बढेर चार अर्ब ५३ करोड ५ लाख ८२ हजार रुपियाँ रहेको छ ।
गत आव सम्ममा बैंकले चुक्ता पुँजी १०.२७ प्रतिशत बढाएको छ । यस्तो पुँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार रुपियाँ पुगेको छ । यसको जगेडा कोष १२.१७ प्रतिशत बढेर चार अर्ब २७ करोड तीन लाख ९२ हजार रुपैयाँ रहेको छ ।
बैंकको निक्षेप ४६.४९ प्रतिशत बढेर १ खर्ब ६ अर्ब ६६ करोड ७१ लाख ५२ हजार रुपैयाँ पुगेको छ भने कर्जा ४५.३९ प्रतिशत बढेर ९४ अर्ब ५३ करोड ७६ लाख ५० हजार रुपैयाँ पुगेको छ ।





















प्रतिक्रिया