Logo

कर्पोरेट फोकस

घरभाडा र ब्याज पूर्णरुपमा मिनाह गर्न महासंघको माग 



लकडाउन र निषेधाज्ञा अवधिभरको घर भाडा तथा ब्याज पूर्णरुपमा मिनाह गर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ । महासंघले कोरोना भाइरस महामारी रोकथाम तथा निययन्त्रणको लागि लागू गरिएको लकडाउन र निषेधाज्ञाले व्यवसायी धारासायी बन्दै गएको अवस्थामा ब्याज र व्यावसायीक घरभाडा पूर्णरुपमा मिनाहा गर्नुपर्ने माग गरेको हो ।

बैंक तथा सहकारी संस्था समेतको ब्याज पूर्णरुपमा मिनाहा गर्नुपर्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग  छ ।

त्यस्तै, साथै, कोरोनाबाट प्रभावित उद्योगी–व्यापार बचाउनका लागि ५ प्रतिशत ब्याजदरमा बिना धितो ऋण उपलब्ध गराउनु पर्ने संघका अध्यक्ष नरेश कटुवालको भनाइ छ । 

साथै, एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनरहरु तुरुन्तै ल्याउन पहल गर्नुपर्ने र निजी क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य गर्दै साना तथा मझौला उद्योगी व्यवसायीहरुको समेत सहभागिता सरकारले समन्वय समिति गठन गर्नुपर्ने माग राखेका छन् ।

udhami.jpg

प्रकाशित मिति : भाद्र २३, २०७७ मंगलबार  १० : ५७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।