काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालत जाने तयारी गरिरहेका बेला आफू निवासमै थुनिएको बताएका छन् । उनले आफू आज (आइतबार) बिहान ११ बजे सर्वोच्च पुग्ने जानकारी कामु मुख्य रजिष्ट्रारलाई शनिबार नै दिएका थिए ।
तर आज आफू सर्वोच्च जाने तयारीमा रहेका बेला आफूलाई सरकारले निवासमै थुनेको उनले बताएका छन् । ‘सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ’, उनले भने, ‘तर, सरकारले निवासमै रोकिदियो ।’ निवासलाई बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरिएको जबराले बताए ।
जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव प्रतिनिधिसभाको कार्यकाल सकिँदै गर्दा अघि बढेको थियो । महाभियोग सिफारिस समितिले उनको बयान लिएर प्रतिवेदनसमेत तयार गरेर सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको थियो । तर प्रतिनिधिसभा नै गएरातिबाट सकिएपछि जबराविरुद्ध महाभियोग प्रस्ताव पनि अल्योलमा परेको हो । अब यो स्वतः निष्क्रिय हुने बुझाइका साथ उनी सर्वोच्च जाने तयारीमा थिए ।
याे पनि…
चोलेन्द्र सर्वोच्च फर्कन लागेपछि अदालत परिसरमा सुरक्षा व्यवस्था कडा




















प्रतिक्रिया