Logo

स्वास्थ्य

२४ घण्टामा देशभर २,२१२ जना कोरोना संक्रमित थपिए



पछिल्लो २४ घन्टामा देशभर दुई हजार दुई सय १२ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा एक हजार सात सय  ९३ र एन्टिजेन परीक्षणमा चार सय १९ जनामा संक्रमण पुष्टि भएको छ । 

यो अवधिमा आठ हजार ८८ जनाको पिसिआर परीक्षण र चार हजार १८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर ३९ हजार दुई सय ९८ जना सक्रिय संक्रमित रहेका छन् । आइतबार एक हजार आठ सय ६७ जना संक्रमणमुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा ३३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार दुई सय ९२ पुगेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आईतवार १६:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।