काठमाडौं । स्वतन्त्रहरुको लौरो अभियानबाट नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा सफलता बोगटीले उम्मेद्वारी दिने तयारी गरेकी छन् । लिखु गाउँपालिका ६ भट्टथोक नुवाकोटकी रैथाने बासिन्दा बोगटीले आहिले आफू चुनावकै तयारीमा व्यस्त रहेको बताएकी छन् ।
यसअघिका जनप्रतिनिधिहरुले जनअपेक्षाअनुसार काम नगरेको उल्लेख गर्दै उनले नुवाकोटको समग्र विकासका लागि अबको चुनावमा आफूलाई मतदान गर्न नुवाकोटवासीमा आग्रह गरिन् । ‘हामी सबै मिलेर नामी नुवाकोट, दामी नुवाकोट, हाम्रो नुवाकोट, राम्रो नुवाकोट बनाउनु पर्छ भन्ने लाग्छ भने तपाइहरुसंगै हुर्केको, नुवाकोटको सामाजिक राजनैतिक धार्मिक समावेशिता, कृषि, महिला तथा बालबालिका, शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षा तथा आर्थिक सबै कुराहरुलाई बुझेको र अबका दिनहरुमा सामाजिक न्याय, आर्थिक समानता र व्याक्तिगत स्वातन्त्रताका लागि काम गर्न सक्ने प्रतिनिधिलाइ जिताउन’ उनले भनेकी छन् ।
यसअघि निर्वाचित सांसदले विकसित नुवाकोट बनाउन नचाहेकोले नै नसकेको उनको टिप्पणी छ । समाजमा वर्षौंदेखि जरा गाडेर बसेको रोगव्याधी, भोकमरी, गरिबी र अज्ञानता तथा अन्धविश्वास र पछौटेपन नै नुवाकोटको विकासका प्रमुख बाधक रहेको उनले ठहर गरेकी छन् । यी सबै समस्याहरुबाट नुवाकोटलाई मुक्त गर्दै एउटा अति नै उन्नतीशिल, प्रगतीशिल, सम्मृद्ध, सक्षम र गतिशिल नुवाकोट बनाउनु सबै नुवाकोटवासीहरुको सामुहिक उत्तरदायित्व र जवाफदेहिता रहेको उल्लेख गरेकी छन् ।
अबका दिनहरुमा नेपालले कसरी मौलिक र अर्गानिक रुपमा विकास गर्न सक्छ भन्ने विकासको नमुना मोडेल आफूले नुवाकोटबाट देखाउन चाहेको बोगटीले बताएकी छन् । ‘नुवाकोटको विकास मोडेल संयुक्त राष्ट्रसंघ र सबै देशहरुले नक्कल गर्न लायकको बनाउने छु । यसका लागि मैले विगत २ वर्ष देखि नेपालको संसद, सरकार, स्थानीय तहहरु, सरकारका नीति र कार्यक्रमहरु, बजेट वियोजन प्रकृया आदिका बारेमा विशेष अध्यान अनुसन्धान गरेर मात्र नुवाकोट बनाउन सकिन्छ भन्ने सैद्धान्तिक र व्यावहारीक निष्कर्समा पुगेकी हुँ’, उनले भनेकी छन् ।




















प्रतिक्रिया