Logo

खेलकुद

आर्सनल शीर्ष स्थानमा फर्कियो



काठमाडौं । ब्रोटफोर्डलाई ३-० ले पराजित गर्दै आर्सनल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ । आइतबार ब्रोन्टफोर्डमाथि सहज जित निकाल्दै आसर्नलले शीर्ष स्थानका लागि म्यानचेस्टर सिटी र टोटनहमसँग एक अंकको अग्रता बनाएको हो ।

पहिलोमा हाफमा विलियन सलिबा र ग्याब्रियल जिजसको गोलबाट आर्सनलले खेलमा पकड बनाएको थियो । सलिबाले १७औं मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा जिजसले अग्रता दोब्बर पारे । ४९औं मिनेटमा फावियो भियराले आर्सनलका लागि तेस्रो गोल गरे ।

जितसँगै सात खेलबाट १८ अंक जोडेको आर्सनले तालिकाको शीर्ष स्थानमा उक्लियो । यता, आर्सनलसँग पराजित ब्रोन्टफोर्ड नौ अंकसहित नवौं स्थानमा छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार ०७:३८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।